INSEC Online

📅 २०८३ जेष्ठ २१

वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा लागु

स्थानीय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरमा लगाएको कर्फ्यू हटाएर फागुन १७ गतेदेखि निषेधाज्ञा लागु गरेको छ ।

प्रशासनले अर्काे सूचना जारी नभएसम्मका लागि सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र वीरेन्द्रनगरको बजार क्षेत्र, एरिचोक, मङ्गलगढी चोक, हटिया लाइन/हटिया चोक क्षेत्र भित्र कुनै पनि सभा, जुलुस, समारोह गर्ने उद्देश्यले पाँच जना भन्दा बढीको समूहमा उपस्थित नगर्न, नगराउन निषेधित क्षेत्र घोषणा गरेको हो ।

कसैले आदेश उल्लङ्घन गरी काम कारवाही गरेमा स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ को उपदफा (३ क) बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित भएपछि विरोध स्वरूप विभिन्न ६ ओटा राजनीतिक दल र दुई ओटा मोर्चाहरूले संयुक्त रूपमा आव्हन गरेको नेपाल बन्दका क्रममा प्रदर्शन कारीहरूले तोडफोड, आगजनी जस्ता कार्य गरी थप उग्र बनेपछि प्रशासनले फागुन १६ गते बेलुका सवा ८ बजेदेखि १७ गते बेलुका ७ बजेसम्म कर्फ्यू  लगाएको थियो ।

274767248_480120913751412_3438147897862192543_n

अन्य

भिडियो