INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना बिरुद्ध प्रहरी कार्यालयमा उजुरी

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–४ का ३४ वर्षीय सन्तोष खड्काविरुद्ध पीडितले ०७८ फागुण १५ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता गराएकी छन् ।

पीडित महिलाले आफूलाई ०७८ फागुण ८ गते घाँस काट्न स्थानीय पाखामा गएका बेला आरोपितले बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

डिएसपी बस्नेतका अनुसार आरोपित हाल फरार भएकाले खोजिकार्य भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण ०७८ फागुण १५ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरियो ।

अन्य

भिडियो