INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बडिमालिका नगरपालिका–५ मनाका रमेश चदारालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका, बाजुराका अध्यक्ष खेमराज साउदलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

फागनु ८ गते राति फोन गरेर डुम बढता भएको भन्दै साउदले गालिगलौज गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन ९ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनदेव साउदले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पार्टी कार्यालयमा रहेका कुर्चीहरु बस्नका लागि बाहिर निकाल्दा त डुम जान्ने भएको, मनपरी गर्छस, आफ्नो औकातमा बस भनेर सार्वजनिक रुपमै गालिगलौज गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित चदाराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

यसभन्दा अगाडी पनि साउदले पटकपटक जातीय विभेद हुने खालका शब्दहरु प्रयोग गर्दै आएका भएपनि एउटै गाउँठाउको मान्छे एउटै पार्टीका कार्यकर्ता भनेर सहदै आएको तर यसपटक सार्वजनिक रुपमै गालिगलौज गरेपछि साउनका विरुद्धमा उजुरी गर्न बाध्य भएको पीडित चदाराले बताउनु भयो ।

पीडित चदारा पनि नेकपा माओवादी केन्द्रका बडिमालिका नगर कमिटिका अध्यक्ष हुन् ।

आरोपित विरुद्ध जातीय विभेद अन्गर्तत जिल्ला अदालतमा मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर साउदले बताउनु भयो ।

अन्य

भिडियो