INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले कुटपिट गरेको पीडित पक्षको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का ३६ वर्षीय गङ्गा विश्वकर्माले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ का ३८ वर्षीय वडाध्यक्ष लिला चौहान र मेयरका स्वकिय सचिव सोही ठाउँका ३५ वर्षीय विकल्प राईले कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

कार्यपालिकाका विषयमा समीक्षा भइरहेको अवस्थामा आरोपितद्घयले फागुन ५ गते कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिट घटनाका आरोपित वडा–८ का वडाध्यक्ष लिला चौहानले कुटपिट नभएको बताउनु भयो । अर्का आरोपित विकल्प राईले कुटपिटका विषयमा आफूलाई जानकारी नभएको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कुटपिटमा विषयमा नगरपालिकामा पीडितले मौखिक जानकारी गराएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ४२ वर्षीय मेयर दीपनारायण रिजालले बताउनु भयो । उहाँले दुवै पक्षबिच मिलापत्र गराउने बताउने बताउनु भयो ।

कुटपिट घटनाका आरोपितद्घयले पीडितलाई कुटपिट गर्नुका साथै जातीय हिसाबले गालीगलौच गरेको भन्दै नेपाल दलित मुक्ति मोर्चा जिल्ला कमिटि खोटाङका संयोजक पर्शुराम विश्वकर्माले दोषीलाई कारबाहीको माग गर्नु भएको छ ।

संयोजक विश्वकर्माले फागुन ८ गते एक विज्ञप्ति जारी गरी दोषीलाई जातीय विवेद तथा सामाजिक अपराध २०७५ मा भएको व्यवस्था भए वमोजिम कारबाही गर्न माग गर्नु भएको छ ।

अन्य

भिडियो