आठबीसकोट नगरपालिका–९ राडीका ३६ वर्षीय रवि चन्द खुकरी र हथौडा प्रहारबाट घाइते हुनुभएको छ ।
सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षीय कमल शाही र ३० वर्षीय गोविन्द शाहीले फागुन ९ गते हिडिरहेको अवस्थामा चन्दलाई खुकुरी र हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डेकेन्द्र शर्माले बताउनु भयो ।
आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेका चन्दलाई आठबीसकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि फागुन ९ गते नै कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको नगर अस्पतालका प्रमुख धनन्जय रिजालले जानकारी दिनुभयो ।
घटनास्थलमा खुकुरी र हथौडा फेला परेको भन्दै इन्स्पेक्टर शर्माले आरोपितहरूको खोजी भइरहेको बताउनु भयो ।