INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ८ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितले आरोपितलाई फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो