१९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले सैनामैना नपा-३ स्थायी घर भई हाल सियारी गाउँपालिका-५ बस्ने ३० वर्षीय प्रेमबहादुर रोकालाई चैत १६ गते दयानगरबाट गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले आरोपितविरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।