INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्स्पेक्टरद्वारा सेवाग्राही माथि हातपात

हराएको मोवाइल भेटाएर प्रहरीलाई बुझाउने व्यक्ति समेत उही उभ्याउन जिद्दी गरेको भन्दै नारायण नगरपालिका–६ काँडाचौरका २९ वर्षीय ओम रेग्मी माथि जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले फागुन २ गते कार्यकक्षमा हातपात गरेका छन् ।

हातपात भएको भिडियो रेकर्ड सामाजिक सञ्जालमा भाइरल भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सेवाग्राही माथि दुव्र्यवहार भएको विषयमा फागुन ४ गते २४ घण्टे लिखित स्पष्टीकरण मागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।

भेटाइदिएको मोवाइल लिएर जाऊ भन्दा पनि एक घण्टा बढी विवाद गरेको कारण गइहाल भनी धकेलेको तर, कुटपिट भनेर प्रचार गरिएको इन्स्पेक्ट सुनारले टिप्पणी गर्नु भयो ।

‘मोवाइल भेटाएर लुकाई राख्ने उनीहरूकै छिमेकी भएकोले थप विवादहरू सिर्जना नहोस् भन्ने ध्येय थियो अनि कामको व्यस्तताको बेला पनि भयो आक्रोस्मा धकेलेको हो, यो कमजोरी भयो’ इन्स्पेक्ट सुनारको भनाइ छ ।

चार महिनासम्म मोवाइल लुकाई राख्ने मान्छे चिनेर मात्र मोवाइल लिन्छु भन्दा इन्स्पेक्टर सुनारले आफूलाई टाउकोमा एक थप्पट हानेर धकेलेको पीडित ओम रेग्मीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
०७८ असोज ३ गते ‘रेडमी नाइन प्रो’ नामको मोबाइल हराउँदा करिब २३ हजार रूपियाँ क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएपछि प्रहरीले फागुन १ गते फेला पारेको थियो ।

मोवाइल भेटाएका भनिएका व्यक्ति ओम रेग्मीकै छिमेकी भएकोले पहिचान खुल्दा विवाद सिर्जना हुनसक्ने भन्दै प्रहरीले फागुन २ गते मोबाइल लिन कार्यालय बोलाएको बेला रेग्मीले मान्छे चिनाउन आग्रह गर्दा विवाद भएको थियो ।

भेटिएको मोबाइल लिन जिल्ला प्रहरी कार्यालयमा पुगिसकेपछि मोवाइल लुकाउने मान्छे चिन्न चाहन्छु भनी जिद्दी गर्दै कार्यालय हाताभित्र भएका कुराहरू दुष्प्रचार गर्ने उद्देश्यले भिडियो खिच्ने लगायतका काम आफूबाट गल्ती भएको भनी रेग्मीले जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी भुवनेश्वर साह र नारायण नगरपालिका–६ का वडाध्यक्ष प्रकाश न्यौपानेको रोहवरमा माफी मागेको डीएसपी साहले बताउनुभयो ।

अन्य

भिडियो