INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–२ का २० वर्षीय सुजन सिंजाली मगरविरूद्ध पीडितले माघ २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् ।

विवाह गर्छु भनी डर, धम्की, प्रलोभन, देखाएर करिब एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र पछिल्लो पटक आरोपितले माघ २२ गते बलात्कार गरेको पीडितको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा माघ २८ गते गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताउनु भयो । आरोपित फरार रहेको प्रहरीको भनाइ छ ।

अन्य

भिडियो