INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७८ भदौ १८ गते बलात्कार गरी फरार रहेका कसुरदार वीरेन्द्रनगर नपा–१६ का २० वर्षीय रुद्र बहादुर खड्कालाई माघ २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख रुपियाँ जरिवाना तोकिएका खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नपा–७ घण्टाघरबाट गिरफ्तार गरेको हो ।

गिरफ्तार खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमार्फत आवश्यक कारवाहीका लागि सुर्खेत जिल्ला अदालतमा पठाइएको इन्स्पेक्टर कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्य

भिडियो