INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

राजपुर नगरपालिका–२ की १६ वर्षीया बालिकालाई अहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर नपा–२ का ६५ वर्षीय गोनाउर मियालाई ०७८ माघ २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०७७ फागनु १४ गते सोही ठाउँका २८ वर्षीय तबरेज मिया, ६५ वर्षीया गोनाउर मिया र ३० वर्षीया प्रवेज मियाले अपहरण गरी शरीर बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय गौरमा ०७८ म्सिर २१ गते उजुरी दिएका थिए ।

सोही दिन अहरण, शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी बिनोद घिमिरेले बताउनु भयो ।

आरोपितमध्ये तबरेज मिया र प्रवेज मिया भने फरार रहेको र पीडित बालिका पनि हालसम्म सम्पर्कमा नभएकाले अनुसन्धान गरिरहेको एसपी घिमिरेले बताउनु भयो ।

अन्य

भिडियो