INSEC Online

📅 २०८३ जेष्ठ २१

सौता हत्या घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाउँपालिका–२ मल्लाढिककी ४० वर्षीया चन्दा महराको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीया सौता नारु महरालाई माघ २४ गते गिरफ्तार गरेको छ ।

मृतका माइती पक्षले माघ २३ गते दिएको उजुरीका अधारमा आरोपित महरालाई गिरफ्तार गरी अनुसन्धान गर्दा आरोपितले कसुर स्विकार समेत गरेको इलाका प्रहरी कार्यालय, पाटनका इन्स्पेक्टर राजेश शाहीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पतिको मृत्यु भइसकेपछि सम्पत्तीको विषयमा आरोपित नारुले सौतालाई पटकपटक कुटपिट समेत गर्दै आएको अनुसन्धानका क्रम खुल्न आएको इन्स्पेक्टर शाहीले बताउनु भयो ।

घर नजिकै रहेको बाँझो घरमा मुखबाट रगत बगेको अवस्थामा माघ १८ गते चन्दाको शब भेटिएको थियो ।

शबको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ १९ गते गरी माघ २० गते परिवारजन र माइती पक्षले दाहासस्कार गरेका थिए ।

अन्य

भिडियो