२७ वर्षीया विष्णु बस्याल परियारलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका–११ का २० वर्षीय अरुण गुरुङ्ग, ३२ वर्षीया पार्वती परियार र १६ वर्षीया बालिकालाई माघ २४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरूले माघ २४ गते समान्य विवादमो कुटपिट गरेको कुटपिटबाट सात महिनाको गर्भ तुहिएको भन्दै पीडित पक्षले माघ २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी गर्भ सङ्रक्षण विरूद्धको कसुरमा कारबाही अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य उपचार र परीक्षण माघ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।