INSEC Online

📅 २०८३ जेष्ठ २१

मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सहायक वन अधिकृत विश्वराज पण्डितमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कैलारी गाउँपालिका–१ का ३६ वर्षीय बिरु चौधरीलाई माघ २५ गते गिरफ्तार गरेको छ ।

चौधरी घटनामा सङ्लग्न रहनु भएको र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समेत भएको गोप्य सूचना प्राप्त भएपछि उहाँलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उहाँले घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको पनि  खोजी कार्य जारी रहेको बताउनु भयो ।

पचमुडीया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत पण्डितमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने सात जना अपरिचित व्यक्तिहरूले माघ १७ गते मोसो दलेर दुर्व्यवहार गरेका थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने सात जनाले मोसो दलेर दुर्व्यवहार गर्नुको साथै धम्की समेत देखिएकोले शान्ति सुरक्षाको माग गर्दै आरोपितहरुका विरुद्ध माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

अन्य

भिडियो