६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कटारी नगरपालिका–६ घर भइ हाल भरतपुर महानगरपालिका–९ बस्ने ३८ वर्षीय दिपमान सिंह राईलाई जन्मकैद सजाय हुने फैसला गरेको छ ।
न्यायाधीश केशव अधिकारीको ०७८ माघ १८ गतेको इजलासले राईलाई जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।
पीडित बालिकालाई जेठ २२ गते बलात्कार गरेको भनि राईविरुद्ध पीडित परिवारले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण सोही दिन भरतपुर अस्पतालमा भएको थियो ।
राईलाई प्रहरीले जेठ २४ गते नै गिरफ्तार गरी जिल्ला अदालतको असार १७ गतेो आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।