INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका –८ का ४० वर्षीय नरबहादुर कार्कीलाई  माघ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस ३० गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ २ गते गरिएको छ ।

अन्य

भिडियो