बकैया गाउँपालिका–३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय सागर थिङलाई पुस २३ गते कुटपिट गरी घाइते बनाएको भन्दै शिक्षक ३७ वर्षीय योगबहादुर राईविरुद्ध पुस २५ गते पीडित विद्यार्थीका अभिभावक र विद्यार्थी सड्गठनले कारबाहीको माग गरेका छन् ।
साथै कुटपिट घटनाको विषयलाई लिएर अनेरास्ववियु मकवानपुरले पुस २५ गते विज्ञप्ति जारी गरी कारबाहीको माग गरेको छ ।
कुटपिटबाट अनुहारमा चोट लागेका विद्यार्थी थिङको सोही दिन हात्तिसुँढे प्राथमिक स्वास्थ्य चौकीमा उपचार भयो । शिक्षकले विद्यार्थीलाई कुटपिट गरी घाइते तुल्याएको भन्दै अभिभावक विद्यार्थीले पुस २५ गते विद्यालयको पटनपाठन समेत बन्द गरेका छन् ।
