INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का  ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ ।

न्यायाधीश शङ्करबहादुर राईको पुस २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको आदेश भएको अदालतका श्रेस्तेदार वीरेन्द्रकुमार बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७८ साउन ३२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ  १ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई  भदौ १० गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको ०७८ असोज ५ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा  ०७८ भदौ १ गते गरिएको थियो ।

अन्य

भिडियो