२३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा सन्धिखर्क नपा-२ का १८ वर्षीय राजेश मिश्र, सोही ठाउँका २२ वर्षीय भरत भुसाल, भुमिकास्थान गाउँपालिका-८ का २० वर्षीय विनोद थापा र कपिलवस्तुका केशरीनन्दन अग्रहरीलाई जिल्ला अदालतले जनही ११ वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले चैत ८ गते आरोपित चारै जनाको मुद्दामा सुनुवाइ गर्दै जेल सजायसँगै जनही ५० हजार रुपियाँका दरले पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले जानकारी दिए ।
पीडित महिलालाई आरोपितहरूले गत कात्तिक २४ गते सामूहिक बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।