INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रम्भा गाउँपालिका–३ पिपलडाँडाका २३ वर्षीय सन्देश परियारलाई १० वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश खड्कबहादुर केसीको इजलासले पुस १८ गते १० वर्ष कैद र ४ लाख रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २० गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २० गते पाल्पा अस्पतालमा गरिएको थियो ।

आरोपितविरूद्ध प्रहरीले ०७८ वैशाख १४ गते जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएकोमा जिल्ला अदालतको वैशाख १४ गतेकै आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अन्य

भिडियो