INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया  बालिकालाई   बलात्कार गरेको आरोपमा  प्रहरीले पुस १५ गते भक्तपुर ठिमी नगरपालिका–५ का ३४ वर्षीय राकेश कर्माचार्यलाई काठमाडौँ महानगरपालिका–२८ कमलादीबाट गिरफ्तार गरेको छ   ।

पीडितलाई पुस १५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले पुस १५ गते महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले आरोपितलाई कमलादीबाट गिरफ्तार गरेको  कालिमाटीस्थित प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख इन्सपेक्टर अनु लामाले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा पुस १६ गते भयो ।

आरोपितलाई पुस १६ गते  जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी पुर्पक्षका लागि महानगरीय प्रहरी वृत कालिमाटीको हिरासतमा राखिएको छ ।

अन्य

भिडियो