INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–३ का ३५ वर्षीय कणर्बहादुर पुनलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश बलराम त्रिपाठीको ०७८ पुस १ गतेकाे इजलासले कसुर ठहर गर्दै पुस १४ गते आरोपितलाई सात वर्ष कैद सजाय, २ लाख रुपियाँ जरिबाना र २ लाख रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत पर्वतका श्रेस्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी उनीविरुद्ध ०७७ माघ १६ गते पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला अदालतको सोही दिनको आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ पुस २३ गते पर्वत अस्पतालमा भएको थियो ।

अन्य

भिडियो