वीरेन्द्रनगर नगरपालिका -१० रहरपुर कि १७ वर्षीया घरेलुहिंसा पीडित मञ्जु लामिछानेलाई कानुनी सहायताका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
मानव अधिकार सहायता कक्षको पुस ६ गतेको निर्णय अनुसार सहायता कक्षका सदस्य गीता कोइरालाले पुस १५ गते लामिछानेलाई ५ हजार रूपियाँ हस्तान्तण गर्नुभएको हो ।
विभिन्न वहानामा कुटपिट तथा यातना दिँदै आएका ३० वर्षीय पति डम्मर न्यौपानेले ०७८ कात्तिक १० गते मदिरा सेवन गरेर मरनासन्न हुनेगरी कुटपिट गर्दा तीनवटा दाँत भाचेको भन्दै अंश, खानाखर्च र सम्बन्ध विच्छेदको लागि जिल्ला अदालतमा मुद्दा गर्दा गरेको पीडित लामिछानेले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएकोले कानुनी प्रक्रियामा जानको लागि सहयोगको अपेक्षा गर्दै उहाँले मङ्सिर २४ गते सहायता कक्षमा निवेदन दिनुभएको थियो ।
पीडितलाई न्यायिक प्रक्रियामा जाँदा आउँदा लाग्ने खर्च स्वरूप आर्थिक सहयोग गरिएको इन्सेक संयोजक नारायण सुवेदीले बताउनुभयो ।
पीडितको उपचार ०७८ कात्तिक ११ गते कर्णाली प्रदेश अस्पतालमा गरिएको थियो ।
