छाँयानाथ रारा नगरपालिका-३ कि १७ वर्षीया घरेलुहिंसा पीडित बालिकालाई कानुनी सहायताका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
मानव अधिकार सहायता कक्षको कात्तिक ११ गतेको निर्णय अनुसार इन्सेक जिल्ला प्रतिनिधि जीवन सेवालद्वारा पीडितका बुवालाई पुस १५ गते ५ हजार रूपियाँको चेक हस्तान्तण गरिएको हो ।
आफूदिउँसो घरमा बसिरहेका समयमा ०७८ असार १८ गते २२ वर्षीया पति सुभाष रावलले कुटपिट गरेर मार्न खोजेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार १९ गते किटानी जाहेरी दिएकी थिइन ।
पीडितलाई घाँटीमा डोरी कसेर मरेको भनी आरोपित भागेको र छिमेकिले मुर्छित अवस्थामा भेटाएर माइति तथा प्रहरीलाई खबर गरिएको पीडितका बुवाको भनाइ छ ।
आरोपितलाई प्रहरीले असार १९ गते नै गिरफ्तार गरेको थियो ।
पीडितको उपचार असार १८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।
