INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

पीडित सानुमायालाई पुस ११ गते राति घरायसी वादविवाद हुँदा पतिले कुटपिट गर्नुका साथै चिरपट र सावेल प्रहार गरी घाइते तुल्याएकोमा पुस १२ गते बिहान स्थानीयले उद्धार गरी सिन्धुली अस्पतालमा उपचार गराएका छन् ।

पीडितको टाउकोमा आठ ओटा टाँका लगाएको छिमेकी कुमारी तामाङले जानकारी दिनुभयो ।

पतिको कुटपिटबाट घाइते भएकी सानुमायालार्य घाइते अवस्थामा घरमै फेला पारी सिन्धुली अस्पताल उपचारका लागि ल्याएको र थप उपचार भइरहेको उहाँले बताउनु भयो ।

आरोपितविरुद्ध महिला हिंसाविरुद्धको अपराध अन्तर्गत आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेलका सई सपना तामाङ्ले बताउनु भयो ।

अन्य

भिडियो