निगालचुँला गाविस-१ का १३ वर्षीय नेत्रलाल घर्ती र माझकाँडा-५ का १३ वर्षीय नेत्रलाल पुनलाई भक्तपुरको इँटा उद्योगबाट उद्धार गरी चैत ७ गते अभिभावकको जिम्मा लगाइएको छ ।
पारिवारिक बेमेलका कारण उनीहरू इँटा उद्योगमा काम गर्न गएको पीडित बालकहरूले बताएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बाल विकास समाजको समन्वयमा भक्तपुरको सरस्वती इँटा उद्योग र महेश्वरी इँटा उद्योगबाट उनीहरूलाई उद्धार गरिएको हो ।
दुबै बालकका घरबाट अभिभावकहरू आएपछि ती बालकलाई अभिभावकहरू कै जिम्मा लगाइएको छ । अभिभावकहरूले अब ती बालकको भविष्य निर्माणको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।