१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१३ का १८ वर्षीय दिनेश नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ६ गते प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी नैनसिंह कार्कीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ६ गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।