१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पुस ९ गते गिरफ्तार गरेको छ ।
कञ्चनरूप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा पुस ६ गते दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका डिएसपी रामकुमार यादवले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको छ ।