भरतपुर महानगरपालिका–२६ सुन्दरवस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या गरेको आरोपमा पति २५ वर्षीय साजन महतोलाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिला आफ्नै घर छेउमा पुस ५ गते राती घाइते अवस्थामा फेला पारि आफन्तले उपचारको लागि भरतपुर अस्पताल लगेका थिए ।
पीडितको उपचारको क्रममा पुस ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानको क्रममा मृतकको शरीरमा लागेको घाउचोट र घटनास्थलको प्रकृति हेर्दा पीडित महिलाको हत्या भएको एकिन भएकाले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतको आदेशमा हिरासतमा राखिएको डिएसपी अधिकारीले बताउनु भयो ।
शवको पोष्टमार्टम पुस ७ गते भरतपुर अस्पतालमा गरिएको छ ।