१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रत्ननगर नगरपालिका–७ का २४ वर्षीय अक्षय भनिने राजेन्द्र महतोलाई १८ वर्ष कैद हुने फैसला गरेको छ ।
न्यायधीश सकुन्तला कार्कीको इजलासले पुस ८ गते उक्त फैसला गरेको श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो ।
पीडितको घरमा ०७७ मङ्सिर २२ गते १२ बलात्कार गरेको भनी पीडितकी आमाले फागुन १२ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो ।
बालिकाकोस्वास्थ्य परीक्षण ०७७ फागुन १२ गते भरतपुर अस्पतालमा गरिएको थियो ।