INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय पुनर्निर्मिण हुन नसकेपछि खोला किनारमा पढ्दै विद्यार्थी

पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयको भवन पहिरोले भत्किएपछि विद्यार्थीहरु खोला किनारमा बसेर बढ्न बाध्य भएका छन् ।

०७८ असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण आएको पहिरोले विद्यालय भवन भत्किएपछि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरु खोलाकिनारमा बसेर पढ्न बाध्य भएका हुन् ।

photo20211222baitadi (2)

पहिरोले विद्यालयको भवनसँगै विद्यालयको चौर पनि भत्कीएको प्रधानाध्यपक निर्मला चन्दले बताउनु भयो ।

विद्यार्थीहरुलाई बस्ने ठाउँ कतै नभएकाले नजिकैको खोला किनारमा बसालेर पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

photo20211222baitadi (4)

गाउँपालिकाले विद्यालयलाई उपलब्ध गराएको त्रिपाल खोलाकिनारमा ओछयाएर पठनपाठन हुँदै आएको छ ।

विद्यालय माथिबाट आएको पहिरोले विद्यालयका सात ओटै कोठा भत्किएका छन् । ‘हिउँदको यस्तो चिसोमा विहान ढिलो घाम पर्छ । चाँडै घाम डुुब्छ । चिसोको कारण विद्यार्थी विद्यालय आउनै मान्दैनन्न’ प्रधानाध्यापक चन्दले भन्नु भयो । गत वर्ष तीन कोठे भवन गाउँपालिकाको सहयोगमा निर्माण भएको थियो भने चार कोठा पुरानै भएको उहाँको भनाई छ ।

photo20211222baitadi (3)

गडदेव आधारभूत विद्यालय ७८ जना विद्यार्थी पठनपाठन गरिरहेका छन् । खोलाकिनारको खुल्ला चउरमा विद्यार्थिलाई पढाउँदा सेतोपाटी राख्ने ठाउँ नभएकाले विद्यार्थीकै कापीमा लेखिदिनु पर्ने बाध्यता रहेको शिक्षक प्रेरणा घटालले बताउनु भयो ।

photo20211222baitadi (6)

उहाँले भन्नु भयो– ‘गणित विषय पढाउँदा चौरमा एकदमै अप्ठेरो हुन्छ । सेतोपाटी वा कालोपाटी अनिवार्य नै हुनुपर्छ तर के गर्ने गणित विषय समेत कपीमै पढाउनु परेको छ ।’

विद्यालय निर्माणको लागि आवस्यक कागजात जुटाएर सम्बन्धीत ठाउँमा पठाएको र गाउँपालिकाबाट पनि भवन निर्माणको लागि आवस्यक सहयोग गरिने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।

photo20211222baitadi (7)

अन्य

भिडियो