१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौवहिनी गाँउपालिका–२ का २१ वर्षीय प्रेमबहादुर बुढालाई पुस ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पुस ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते जिल्ला अस्पताल बिजुवारमा गरियो ।