INSEC Online

📅 २०८३ जेष्ठ २१

आरआर क्याम्पसका सहायक क्याम्पस प्रमुखमाथि कुटपिट

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस, प्रदर्शनीमार्गका सहायक क्याम्पस प्रमुख ४७ वर्षीय प्रकाश पुडासैनीलाई पुस ६ गते सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी २७ वर्षीय कुवेर जेठाराले कुटपिट गरेका छन् ।

अनेरास्ववियु आरआर क्याम्पस इकाई कमिटी सदस्य समेत रहेका जेठाराले शिक्षक पुडासैनीलाई परीक्षामा चिट चोर्न नदिएको आरोपमा कुटपिट गरेका हुन् ।

स्नातक तहको बीएसडब्लू विषयको दोस्रो वर्षको आन्तरिक परीक्षा दिइरहेका जेठाराले चिट चोरिरहेको फेला पारेपछि परीक्षामा गार्ड बसेका पुडासैनीले जेठारालाई परीक्षा हलबाट बाहिर पठाएका थिए ।

Pressrelease20780906kathmanduपरीक्षा सकिएपछि जेठाराले अन्य साथीहरूलाई बोलाएर विवाद गर्न थालेपछि क्याम्पसका शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुख पुडासैनीको कार्यकक्षमा छलफल भइरहेका बेला जेठाराले पानी पिउन प्रयोग हुने स्टिलको जगले पुडासैनीको टाउकोमा प्रहार गरेका हुन् ।

बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा उपचारपछि घर फर्किएका सहायक क्याम्पस प्रमुख पुडासैनीको टाउकोमा सात ओटा टाँका लगाइएको छ ।

पुडासैनीमाथि भएको आक्रमणपछि आआर क्याम्पस प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्रध्यापक सङ्घ र नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म अध्यापन नगर्ने निर्णय गरेका छन् ।

यसैगरी अनेरास्ववियु आरआर कमिटीले पनि विज्ञप्ति जारी गर्दै दोसीमाथि अविलम्ब कारबाही गर्न माग गरेको छ ।

आफ्नो सङ्गठनमा आवद्ध विद्यार्थी भए पनि शिक्षाको मन्दिरमा प्राध्यापक माथि आक्रमण हुनु जस्ता गम्भीर विषयलाई सङ्गठले प्रश्रय नदिने अखिलका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेतीले बताए ।

शिक्षकमाथि आक्रमण भएपछि आरआर क्याम्पसमा चलिरहेको आजको परीक्षा समेत स्थगित भएको छ ।

अन्य

भिडियो