INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ८ वर्ष ६ महिना कैद सजायको फैसला

मनोसामाजिक समस्या भएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ गाउँपालिका७ सुरुमखीमका ३७ वर्षीय रतनकुमार बानियालाई कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको मङ्सिर २७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ८ वर्ष ६ महिना र मनोसामाजिक समस्या भएकी महिलालाई बलात्कार गरेको कसुरमा थप १ वर्ष ६ महिना कैद सजायको फैसला भएको अदालतका इजलास सहायक निमछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इन्सेक प्रतिनिधिको सहयोगमा आरोपितविरुद्ध साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई साउन १८ गते गिरफ्तार गरी सोही जिल्ला अदालतमा कात्तिक २३ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ साउन १८ गते गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले बताउनु भएको छ ।

अन्य

भिडियो