INSEC Online

📅 २०८३ जेष्ठ २१

बलत्कार प्रयास घटनामा आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मरिण गाउँपालिका–४ कपिलकोटका सुभाष भनिने ३३ वर्षीय शुक्रबहादुर स्याङ्तानलाई प्रहरीले मङ्सिर २७ गते खारखोलाबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई खारखोलाको बगरमा मङ्सिर ३ गते बलत्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपित  स्याङतानविरुद्ध प्रहरीले मङ्सिर २८ गते जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला न्यायाधीश मोहनबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

पीडित महिलाको प्रारम्भिक स्वास्थ्य परीक्षण मङ्सिर ४ गते कपिलकोट स्वास्थ्य केन्द्रमा गरिएकोमा थप परीक्षण सोही दिन जिल्ला अस्पताल सिन्धुलीमा गरिएको थियो ।

अन्य

भिडियो