५२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङ्सिर २७ गते तिनाउँ गाउँपालिका–३ दोभानका २८ वर्षीय सुरेश सारूलाई २५ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश खड्कबहादुर केसीको इजलासले बलात्कार कसुर ठहर गर्दै २५ वर्ष कैदसहित ५० हजार रुपियाँ जरिबाना गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०७६ भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध ०७६ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ १७ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले ०७६ असोज ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल गरिएको थियो ।