INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका‒२ का २६ वर्षीय मिने भनिने महेन्द्र कालिकोटेलाई मङ्सिर २८ गते १२ वर्ष कैद सजाय फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ चैत २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले चैत २३ गते गिरफ्तार गरी ०७८ वैशाख १६ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको वैशाख १७ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ चैत २३ गते गरिएको थियो ।

अन्य

भिडियो