INSEC Online

📅 २०८३ जेष्ठ २१

विव्यस सदस्यद्वारा शिक्षकमाथि कुटपिट, विद्यालयमै भयो मिलापत्र

सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भई सोही गाउँपालिका–८ अंशुबा निमावि रादेउमा कार्यरत ४७ वर्षीय शिक्षक बमबहादुर छत्याललाई सोही गाउँपालिका–८ रादेउ घरभई सोही विद्यालय व्यवस्थापन समितिका सदस्य ५२ वर्षिय पुनिमल रोकायाले ०७८ मङ्सिर १९ गते कुटपिट गरेको घटनामा विद्यालयमै मिलापत्र गरिएको छ ।

पीडित छत्यालका अनुसार आफू विद्यालयमा पढाउँदै गरेको समयमा मदिरा सेवन गरेका विव्यस सदस्य रोकायाले बिनाकारण आफ्नो घाँटीमा समातेर ढोकासम्म हुत्याएर लछार पछार गरेको र विद्यालयको दुईवटा बेन्च समेत तोडफोड गरेको आरोप लगाउनुभयो ।

घटनाका क्रममा आफू पनि विद्यालयमै भएको प्रतिकृया दिंदै विव्यस अध्यक्ष शुकबिर रोकायाले भन्नु भयो, ‘सदस्य रोकायाले विद्यालयको बेन्च भाँचेको र शिक्षकलाई लछार पछार गरेकै हो  ।’

घटनाका विषयमा पीडित छत्यालले व्यवस्थापन समिति र प्रधानाध्यापक पृथ्वी हमाल लगायतलाई  मङ्सिर १९ गते उजुरी दिएको बताउनुभयो ।

शिक्षकको उजुरीको आधारमा मङ्सिर २१ गते विव्यस अध्यक्ष, आरोपित पुनिमल, पीडित शिक्षक छत्याल र आफूहरू बसेर छलफल गर्दा पीडिक रोकायाले दुईवटा बेन्च निर्माण गर्ने खर्च व्यहोर्ने र शिक्षकलाई अबदेखि यस्तो दुर्व्यवहार नगर्ने भन्दै माफि मागेपछि मङ्सिर २१ गते नै मिलापत्र भएको प्रअ हमालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

अन्य

भिडियो