२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला दुधौली नगरपालिका–३ स्थायी घरभई सिद्धार्थनगर नगरपालिका– १३ शान्तिनगर बस्ने ३५ वर्षीय सुभाष कार्कीलाई मङ्सिर १५ गते शान्तिनगरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरी मङ्सिर १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।