INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–३ का २६ वर्षीय जीवन पाण्डेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले मङसिर २१ गते पाण्डेलाई १८ वर्ष कैद र १ लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो ।

16 days campaignNepali

पीडित बालिकालाई ०७७ भदौ ११ गते भरतपुर माहानगरपालिका–३ स्थित नगरवन क्षेत्रमा लगि बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले पाण्डेलाई सोही दिन गिरफ्तार गरी अदालतको आदेशमा पर्पुक्षका लागि जिल्ला कारागार पठाएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो