३६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–५ का ४० वर्षीय विजय श्रेष्ठलाई प्रहरीले ०७८ मङ्सिर २० गते लिशंखुपाखरबाट गिरफ्तार गरेको छ ।
आरोपितले ०७८ मङ्सिर १६ गते राती स्थिानीय जलेश्वरी मन्दिरको मेलामा यौन दुर्व्यवहार गरेको पीडितपक्षको आरोप छ ।

पीडितको तर्फबाट पीडितका पतिले ०७८ मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ मङ्सिर १९ गते चौतारा अस्पतालमा गरिएको छ ।
दुर्व्यवहार घटनाको प्रतिकार गर्दा आरोपितको कुटपिटबाट पीडित घाइते भएकाले काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको पीडितका पतिले बताउनु भयो ।