INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–२३ का २८ वर्षीय रविन रामदामलाई जिल्ला अदालत चितवनले आठ वर्ष कैदको फैसला सुनाएको छ ।

पीडित महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै न्यायाधीश केशव अधिकारीको इजलासले मङसिर १५ गते उक्त फैसला सुनाएको हो ।

16 days campaignNepali

पीडित महिलालाई रामदामले गत साउन १ गते बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालयमा साउन ३ गते पीडितले उजुरी दिएकी थिइन् ।

रामदामलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेर अदालत पेश गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ४ गते भरतपुर अपतालमा गरिएको थियो ।

अन्य

भिडियो