INSEC Online

📅 २०८३ जेष्ठ २१

होमवर्क नगरेको आरोपमा विद्यार्थीमाथि कुटपिट

बिर्तामोड नगरपालिका‒५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत नौ वर्षीय बालक अविरल तिम्सिनालाई होमवर्क नगरेको आरोपमा शिक्षकले मङ्सिर १५ गते कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।

होम नगरेको आरोपमा २६ वर्षीय शिक्षक  विकास पोखरेलले छोरालाई कुटपिट गरेको पीडित बालककी आमा अञ्जना तिम्सिनाले बताउनु भयो ।

कुटपिट तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको आमा अञ्जनाले बताउनु भयो ।

शिक्षकले होमवर्क नगरेको भन्दै बाँसको लट्ठीले कुटपिट गरेको पीडित बालकका मामा अर्जुन घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

16 days campaignNepali

घटनाका आरोपित शिक्षक,पीडित पक्ष र विद्यालय प्रशासनबिच मङ्सिर १६ गते सहमति भएपछि आरोपितविरुद्ध कानुनी कारबाही अघि नबढाएको पीडित पक्षले जनाएको छ ।

वडा प्रतिनिधि, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच मङ्सिर १६ गते भएको सहमति अनुसार घाइते बालकको उपचार गर्ने, कुटपिट गर्ने शिक्षक विकास पोखरेललाई स्कुलबाट अवकाश दिने सहमति भएको विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले बताउनु भयो ।

प्रिन्सिपल श्रेष्ठले भन्नु भयो घटनाका विषयमा पीडित पक्षसँग गल्ती स्वीकार गरी आरोपित शिक्षकलाई मङ्सिर १६ गते जागिरबाट अवकाश दिएका छौँ ।

घाइते बालकको विर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार पछि घर लगिएको विद्यार्थीका मामा अर्जुन घिमिरेले बताउनु भएको छ ।

अन्य

भिडियो