INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०७७ माघ २० गते बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिका–९ गिठाचौरका २४ वर्षीय लालबहादुर बोहराले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा मङ्सिर १ गते डाक्टरले सोधेपछि बलात्कार भएको घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर श्यामप्रसाद यादवले जानकारी दिनुभयो ।

16 days campaignNepali

पीडित बालिकाका परिवारले घटना थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरेको थियो । घटनापछि आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सल्यान अस्पतालमा मङ्सिर ९ गते गरिएको छ ।

अन्य

भिडियो