INSEC Online

📅 २०८३ जेष्ठ २१

आईपीयूको सभामा सहभागी हुन सभामुखलाई पठाइएको निमन्त्रणा खारेज गर्न नागरिक संस्थाको आग्रह

जबाफदेहिता निगरानी समिति र २५ ओटा नागरिक सङ्घसंस्थाले सभामुख अग्निप्रसाद सापकोटालाई इन्टरनेशनल पार्लियामेन्टरी युनियन (आईपीयू) को १ सय ४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न आईपीयूलाई आग्रह गरेका छन् ।

आईपीयूका अध्यक्ष डुआर्टो पाचेकोलाई कात्तिक ८ गते ज्ञापनपत्र पठाएर नागरिक संस्थाहरूले सो आग्रह गरेका हुन्।

ती संस्थाहरूले मङ्सिर १० गतेदेखि मङ्सिर १४ गतेसम्म स्पेनको मड्रिडमा आयोजना हुने सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न आग्रह गरिएको निगरानी समितका संयोजक चरण प्रसाइँले जानकारी दिनु भयो ।

काभ्रेका अर्जुनबहादुर लामाको हत्या सम्बन्धी मुद्दाका अभियुक्त सापकोटा ‘अन्तर्राष्ट्रिय क्षेत्राधिकार’ अनुसार यस्तो सभामा सहभागी हुन अयोग्य रहेकाले यस्तो आग्रह गर्नु परेको प्रसाइँले बताउनु भयो ।

उनीहरूले स्पेनको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित स्पेनी दूतावासलाई समेत ज्ञापनपत्र मार्फत सापकोटालाई प्रवेश अनुमति नदिन आग्रह गरेका हुन् ।

शान्ति सम्झौता भएको १५ वर्ष भइसक्दा पनि नेताहरू सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन गम्भीर नभएको पनि उहाँले आरोप लगाउनु भयो ।

नेपाली राजनीतिक दलहरूलाई दबाब दिने काममा नागरिक संस्थाको निरन्तरको पहल अन्तर्गत यो ज्ञापनपत्र बुझाएको पनि उहाँको भनाइ छ ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको रिटमा ‘हेर्न नमिल्ने’ आदेश

अन्य

भिडियो