INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिम्चुम्बुङ गाउँपालिका–५ की ५६ वर्षीया चतुरमाया राईको हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय पति सन्तबहादुर कार्कीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

घरायसी बिवादका क्रममा आरोपितले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर १ गते जिल्ला अस्पतालमा गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझि अन्त्येष्टी गरेको डिएसपी गौतमले बताउनु भएको छ ।

अन्य

भिडियो