गोरखा जिल्ला पालुङटार नगरपालिका–७ घर भइ हाल व्यास नगरपालिका– ६ सिसिघाटमा बस्दै आएकी ६५ वर्षीया मेनना कुमालको हत्या गरेको आरोपमा प्रहरीले व्यास नगरपालिका–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाललाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।
बेवारिसे रुपमा एक्लै बस्दै आएकी मृतकलाई आरोपितले मादक पदार्थ सेवन गरी कात्तिक ३० गते राति बाटोमा समाउन खोज्दा उनी चिच्याएपछि ढुङ्गाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी दिनेशराज मैनालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
घटनास्थलमा आरोपितको टोपी भेटिएपछि अनुसन्धानको लागि उनीसँग सोधपुछ गर्दा घटनामा आफ्नो संलग्नता स्विकार गरेको उहाँले बताउनुभयो ।
शवको पोष्टमार्टम मङ्सिर १ गते दमौली अस्पतालमा गरिएको छ ।