सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७८ वर्षीय हजुरबुबालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरमा कोही नभएको बेला ललाई फकाई कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कात्तिक २८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर वीरेन्द्रराज गुरुङले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २८ गते बेनी अस्पतालमा गरिएको छ ।