INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ चानुवाका ३७ वर्षीय हरिबहादुर विकलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २२ गते राति बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चानुवास्थित घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २३ गते गरिएको अस्पतालका  निमित्त मेडिकल सुपरीटेन्डेण्ट डाक्टर पुजन विश्वकर्माले बताउनु भएको छ ।

अन्य

भिडियो