१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–५ का २० वर्षीय कुमार काफ्लेलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नारायणप्रसाद पराजुलीको कात्तिक १६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट पीडित राहत कोषमा १ हजार जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७७ असोज ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ७ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०७७ असोज ७ गते गिरफ्तार गरी जिल्ला अदालतमा असोज २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको असोज २१ गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा असोज ७ गते गरिएको थियो ।